Logo

३ असोज,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका र बहुदरमाई नगरपालिकामा नेकपा एमाले नगर कमिटिले आज छुटाछुटै कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाएको छ ।

नेकपा एमाले पर्सागढि नगर कमिटि सचिव गोपाल प्रसाद चौधरीको अध्यक्षतामा पर्सागढी नगरपालिकाको वडा नं.३ बढनियारबाट निकालिएको मोटरसाइकल ¥याली पर्सागढी नगर परिक्रमा गरि पर्सगढी नगरपालिकाको कार्यालयमा पुगी कोणसभामा परिणत भएको छ ।

कोणसभामा बोल्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य अरबिन्द सिहंले नेपाली जनताको त्याग, तपस्या र बलिदानीबाट निर्माण भएको संविधान सबैले मान्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पर्सागढी नगरपालिकाका नगरप्रमुख तथा नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य गोकर्ण पाठक, एमालेको नेता सिकेन्द्र पटेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यस्तै नेकपा एमाले बहुदरमाई नगर कमिटिले पनि संविधान दिवस मनाएको छ । नगर कमिटी अध्यक्ष प्रमोद कुशवाहाको अध्यक्षतामा नगर कमिटी पार्टी कार्यालयमा भएको कार्यक्रममा कोणसभाको आयोजना गरिएको हो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सल्लाहकार शिव पटेल जिल्ला समन्वय समिती उपसभापति पुर्ण प्रसाद कुर्मी, प्रदेश सदस्य अंगद साह, जिल्ला कमिटी सदस्य ध्रुव साह लगायत पार्टी कार्यकर्ताको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार