Logo

३ असोज,वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीको ठक्करबाट दुई जना घाईते भएका छन । गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार चढने ना १ झ १६८४ नम्बरको स्कारपियो गाडीले ठक्करबाट पर्साको जगरनाथपुर गाउँपालिका ५ बस्ने बृजेश राउत बिन र निरन्ज मण्डल घाईते भएका हुन ।

गत भदौ ३१ गते बिन्दबासिनी गाउँपालिकास्थित गदौल चोकमा भएको दुर्घटनामा परि दुबैजना घाईते भएका हुन् ।घाईते भएका मध्ये मण्डल उपचार पछि घर फर्केको तथा बिनको बाराको परवानीपुर गाउँपालिका ५ मा रहेको एल एस न्युरोमा उपचार भईरहेको पर्साका प्रहरी प्रवक्ता कुमार बिक्रम थापाले जानकारी दिनुभयो ।

उहाँको अवस्था सुधारोन्मुख रहेको तथा गाडीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको थापाले बताउनुभयो । पछिल्लो समय पर्सामा व्यापक रुपमा जनप्रतिनिधिहरु सरकारी गाडीको दुरुपयोग गर्दे आएका छन् ।

आफू आवद्ध पार्टीको कार्यक्रमदेखि लिएर निजी कार्यमा समेत सरकारी गाडीको प्रयोग खुलेयाम रुपमा जनप्रतिनिधिहरुले गर्ने गरेका छन् । जसले गर्दा सरकारी गाडी दुर्घटनामा पर्ने गरेको छ । यस्ता गाडीहरु लिएर पालिका बाहिर उनीहरु घुमफिरमा जाने गरेका छन् ।


सम्बन्धित समाचार