Logo

३ असोज,जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरधाममा यसपाली दुई धु्रवमा विभाजित भएको देखिएको छ । विगतमा मधेश केन्द्रित दललगायतका विभिन्न दलहरुले संविधान जारी भएको दिन मधेशीहरुको हत्या गरी संविधान जारी गरिएको भन्दै असन्तुष्ट रहेकामा फाँटो आएको हो ।

सत्तासिन दलहरु संविधानको खुलेर विरोध नगरेपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले खुलेरै संविधान दिवस मनाएका छन् । भने मधेश केन्द्रित दलले संविधानप्रति आफ्नो असन्तुष्टि पोख्दै संविधान संशोधन गर्न माग गरेका छन् ।

तर मधेश प्रदेश सरकारको अगुवाई गरेका जनता समाजवादी पार्टी नेपाल भने संविधानको पक्ष वा विपक्षमा भन्दा पनि कुनैपनि औचापरिक कार्यक्रमलगायतका कुनैमा पनि सहभागिता देखाएनन् ।

मधेश सरकारका प्रवक्तासमेत रहेका जसपा नेपालका नेता एवं अर्थमन्त्री संजयकुमार यादवले आफु आफ्नो क्षेत्रमा रहेको बताउँदै प्रदेश सरकारले संविधान दिवसमा केकसो गर्नेबारे आफुलाई जानकारी नभएको भन्दै गैरजिम्मेवारपुर्ण प्रतिक्रिया दिए ।

कोठेरुपमा संविधान दिवस मनाउँदै आएका नेकपा एमालेले जनकपुरधाममा पहिलोपटक संविधान दिवस अवसरमा जानकी मन्दिरको सरसफाईदेखि मन्दिरको दर्शन र झण्डातोलनसमेत गरेका छन् ।
भने वृशेषचन्द्र लालको नेतृत्वमा रहेको तराई मधेश लोकतान्त्रिक पार्टीले संविधानको विरोधमा जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

सत्तारुढ दलदेखि मधेश प्रदेश सरकार संविधान दिवसमा मौनरुपमै रहेपनि औपचारिकरुपमा कर्मचारीहरु गंगासागर तलाउको डिल सरसफाई गरी मनाएका छन् ।तर मुख्यमन्त्री सरोजकुमार यादवलगायतका सत्तारुढ दलहरुलेसमेत संविधान दिवसको अवसरमा सुखभोग विलासबाहेक द्वैध चरित्र प्रदर्शन गरेको आरोप तमलोपाका केन्द्रिय सदस्य उमेश मण्डलले लगाए ।

त्यस्तै सत्ताधारी लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि जनकपुरधाममा संविधान दिवस जारी भएको दिनको विरोधमा विरोध प्रदर्शन गरेका छन् ।

जानकी मन्दिरको दर्शन गर्दै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव योगेश भट्टराई, नेतु जुली महतोलगायतको अगुवाईमा एमालेले संविधान दिवस मनाएका छन् ।
संविधान दिवसको अवसरमा जानकी मन्दिरमा सरसफाइ र वृक्षारोपण कार्यक्रमपनि गरेको छ । यस कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल र सचिव भट्टराईले राष्ट्रिय झण्डा हल्लाउँदै संविधान दिवस ।

पुर्वउपप्रधानमन्त्री तथा एमालेका नेता पोखरेलले वर्तमान संविधानलाई ‘उत्कृष्ट’ भन्दै सबैले गर्व गर्नुपर्ने बताए । जनताबाटै निर्वाचित जनप्रतिनिधिले बनाएको संविधान भएकाले यसप्रति सबैले गर्व गर्नुपर्ने उनले बताए । संविधान गतिशील दस्ताबेज रहेकाले आवश्यकता अनुसार संविधान संशोधन हुनसक्ने उनको कथन छ ।

यता जनकपुरधामको नगर प्रदर्शन गर्दै चोक चोकमा कालो झण्डा प्रदर्शन गर्दै शिव चोक, जनक चोकमा पुगेर कोणसभामा परिणत भई समापन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।

तमलोपा केन्द्रिय सदस्य मण्डलले ०७२ मा जारी भएको संविधान दिवसको दिन मधेशमा राज्यले नै प्रहरी प्रशासन लगाएर मधेशीको हत्या गरिरहेकाले सो दिनको विरोध गरेको बताए । उनले अहिलेको संविधानमा मधेश र मधेशीलाई अझैपनि अधिकार, पहिचान, सांस्कृतिक र प्रादेशिक संरचना आएपनि अधिकार सम्पन्न प्रदेशसँग प्रहरी प्रशासनसहितका अधिकार नरहेको भन्दै विरोध गरेको बताए ।

उनले संविधानमा जनसंख्याको आधारमा मधेशलाई समानुपातिकसहितको राज्यको हरेक निकायमा पहुँच हुनुपर्ने, प्रदेश संरचना अनुसार प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेलगायतका मागहरु रहेको बताए ।

त्यस्तै लोसपा नेपालले पनि विरोध प्रदर्शन गरी संविधानप्रतिको असन्तुष्टि जनाएका छन् ।जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले अपुरो संविधानलाई संशोधन गरी साझा बनाउनका लागि पहल लिन सबैमा अपिल गरेका छन् ।


सम्बन्धित समाचार