Logo

४असोज,जनकपुर । करिब दुई वर्ष अघि कविता यादवको विवाह महोत्तरीको भ्रमरपुरामा विवाह भएको थियो । विवाहमा दाइजोस्वरुप कविताको अभिभावकले ८ लाख रुपैयाँ, ६ तोला सुन, फ्रिज, रेफ्रिजेटर, एचडि टिभि, अपाचि मोटरसाइकल, बक्सपलंग, भाँडावर्तनलगायत भान्छाकोठादेखि बेडरुमसम्मका विभिन्न सामग्रीहरुसमेत दिएको थियो ।

तर २३ वर्षिया कविताको विवाह भएको वर्ष दिन नवित्दै २६ वर्षिय श्रीमान विमलेन्द्र प्रसाद यादव र उनका परिवारजनले हत्या गरेको माइतीपक्षको आरोप छ ।
गत असोजमा कविताको हत्या भयो । तर अहिलेसम्म पनि आरोपित पक्राउ पर्न सकेका छैनन् ।

त्यस्तै धनुषाको नगराइनकी आरती साहको पनि उनकै श्रीमानलगायतका परिवारजनले हत्या गरेको थियो । तर माइतपक्षलाई प्रहरीप्रशासनमाथि कारवाही गर्नेमा शंका लागेपछि उनको परिवारजन लामोसमयदेखि काठमाडौँमै धर्नामा बसेका छन् ।

महोत्तरीको मटिहानीकी कविता यादव र धनुषाको नगराइनकी आरती साहको हत्यारालाई कारवाहीको माग गर्दै जनकपुरधामको जनक चोकमा आज उनका आफन्तजनलगायतकाले प्रदर्शन गरेका छन् ।
कविता र आरतीको हत्या गर्ने दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

कविताकी आमा ममतादेवी यादवले धुमधामसँग छोरीको विवाह गरेको भन्दै छोरीको हत्या गरेर शव फालेको अवस्थामापनि उपचार गर्नमा लाखौ खर्च गरेपनि छोरीलाई बचाउन नसकेकोमा दुःखी भइन् । उनले छोरीको हत्या गर्ने उनका श्रीमान, उनका आफन्तजन र उनको साथीहरुसमेतको संलग्नतामा हत्या गरेको वर्षदिन वितिसक्दापनि दोषीहरु अझैपनि निर्वाधरुपमा घुमफिर गरिरहँदापनि प्रहरीप्रशासनले कारवाही गर्न चासो नदेखाएको आरोप लगाइन् ।

कविताकी भाइ राजिवकुमार यादवले मेरो बहिनीको हत्या गर्ने र हत्यामा संलग्न रहेकाहरुलाई कानुनी अनुसार कडा कारवाही हुनुपर्ने माग गरेका छन् । उनले हत्याराहरुको मनोवल निरुत्साहित नहुँदा समाजमा महिलामाथि घरेलु हिंसा बढ्दै गएको र अन्तिममा हत्यासम्म हुने गरेको बताए ।

उनले कविताको श्रीमानको अर्कै केटीसँग अफेयर चलिरहँदा बहिनीको हत्या उनैले गरेको दावी गरे । उनले समयमै हामीहरु सचेत नहुँदा बहिनी गुमाउनुपरेको दुखेसो पोखे ।
कविता यादव र आरती साहको हत्या गर्नेलाई कारवाही र पीडितलाई न्याय दिलाउनका लागि जनकपुरधाम नगरको विभिन्न चोकमा प्रदर्शन गरेको छ ।

यता महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले स्व. आरती साहका दोषीलाई कारबाही नगरिए गृह मन्त्रालय र संसद्को बेल घेराउ गर्न बाध्य हुने चेतावनी नै दिएका छन् ।
आज सिंहदरबारमा बसेको समितिको बैठकमा उनले घटनामा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षककोसमेत संलग्न रहेको देखिएको भन्दै उनीहरुमाथि कारबाही प्रक्रिया अघि नबढाए संसदभित्र छलफलको विषय बनाएर सांसदहरु गृह मन्त्रालय घेराउ गर्ने र संसद्को बेल घेराउ गर्न बाध्य हुने बताएका हुन् ।

उनले हिरासतमा लिइएका व्यक्तिलाई यातना दिने काम प्रहरी प्रशासनले गरेको पाइएको भन्दै प्रशासन नाङ्गै नाच्नेकुरा अकल्पनीय र दुःखदायी भएको बताए ।


सम्बन्धित समाचार