Logo

५ असोज,पचगावाँ । पर्साको सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर १ मा पर्ने जमुनिया खोलाबाट नदीजन्य पदार्थ उत्खनन् र निकासीमा रोक लगाइएको छ । वडा नम्बर १ कार्यालयमा बसेको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।

खोलामा रहेका बालुवा, गिट्टी र ढुङ्गा गाँउपालिकाको साझा सम्पति रहेकाले यसलाई जोगाउनु सबैको नैतिक कर्तब्य भएकाले खोलाबाट कुनैपनि नदिजन्य पदार्थको उत्खनन् र निकासी पैठारीमा रोक लगाउने निर्णय गरिएको वडा अध्यक्ष बासुदेव महत्तो थारुले जानकारी दिनुभयो ।

यदि कसैले खोलाबाट उत्खनन् वा निकासी पैठारी गरेमा ट्याक्टरलाई १० हजार रुपैयाँ र ट्रिपरलाई ३० हजार रुपैयाँ जरिवानाका गराउनुका साथसाथै कानुन बमोजिम कारवाही गरिने गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

पर्सामा रहेका भलुवाही, भेडाहा, जमुनिया, सिंग्याही लगायतका नदी तथा खोलामा वर्षा सुरु भएको तीन महिनादेखि नदिजन्य पदर्थको उत्खनन् तथा निकासी पैठारीको ठेक्कापट्टा बन्द हुदाँ पर्सामा भौतिक निर्माणका कार्यमा भने असर परेको छ ।

सरकारले उत्खनन् र निकासी पैठारी गर्न नभने पनि तस्करहरुले नदी र खोलाबाट अवैध रुपमा उत्खनन् गरी चोरी तस्करी गर्ने गरेका छन् ।


सम्बन्धित समाचार