Logo

६ असोज,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा नं. ७ कि निर्वाचित वडा सदस्य फुलमतिया देवि चमईनको ४५ बर्षको उमेरमा निधन भएको छ । करिब १ महिना देखि बिरामी भई अशक्त रहेकी चमईनको आज बिहान निधन भएको हो ।

चमईन नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा सदस्य हुनुहुन्थ्यो । उहाँको पार्थिक शरीरमा नेपाली काङ्ग्रेस मधेस प्रदेश कमिटि सदस्य तथा पुर्व नगरप्रमुख लोकनारायण यादव, वडा न ७ का वडा अध्यक्ष शंकर रायभर, नेपाली काङ्ग्रेसका क्षेत्रीय कोषाध्यक्ष बिनोद ठाकुर, नगर उपसभापति अछेलाल यादव, वडा सभापति शम्भु पटेल लगायतले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अपर्ण गर्नुभएको छ ।

चमईनको हिन्दु संस्कार अनुसार गाउँनजिकैको आर्यघाटमा दाहसंस्कार गरिएको छ । उहाँको असामहिक निधनप्रती दुख व्यक्त गर्दै आईतबार भोलि पर्सागढि नगरपालिकाले शोक बिदा दिने निर्णय गरेको छ ।

पर्सागढि नगरपालिका नगरप्रमुख गोकर्ण पाठकले बिज्ञप्ती जारी गर्दै चमईनको निधनप्रति पर्सागढि नगरपालिका कार्यालय, सम्पुर्ण वडा कार्यालयहरु र नगरभित्र रहेका स्वास्थ्य सस्था, सम्पुर्ण सामुदायिक तथा सस्थागत विद्यालयहरुमा शोक बिदा गर्ने निर्णय गरिएको बताउनुभयो ।


सम्बन्धित समाचार