Logo

७ असोज,वीरगञ्ज । पर्साबाट प्रहरीले बेवारिसे अवस्थामा प्रतिबन्धित लागुऔषध बरामद गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.२२ मनियारी टोल बस्ने देवेन्द्र यादवको खेतबाट प्रहरीले पहेलो रंगको दुईवटा बोराभित्र लुकाईछिपाई राखिएको लागुऔषध बरामद गरेको हो ।

स्थानीयको सुचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरिक्षक धर्मजंग थिङको कमाण्डमा खटिएको प्रहरीले लागुऔषध फेला पारेको हो ।

प्रहरीले बोराभित्रबाट लागुऔषध डाईजिपाम दुई हजार ३ सय ३५ एम्पुल, नुर्फिन तीन हजार १ सय ६९ र फेनारगन तीन हजार ४ सय ११ एम्पुल गरी जम्मा ८ हजार ९ सय १५ एम्पुल फेला पारेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

बरामद लागुऔषध विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार