Logo

८असोज,वीरगञ्ज । पर्साबाट प्रहरीले बिलबिजक भन्दा बढी खुद्रा तथा लत्ताकपडा लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट रुपन्देहीतर्फ जादैँ गरेको सुचनाको आधारमा ना ५ ख ४३२८ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

गएराती वीरगञ्ज–२१ परवानीपुरस्थित सडकखण्डमा प्रहरीले ट्रक रोकेर चेकजाँच गरेको थियो । सोही क्रममा बिलबिजक शंकास्पद देखिएपछि ट्रक नियन्त्रणमा लिईएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जनाए ।

ट्रकमा ५९ लाख ४ हजार ६६९ रुपैयाँ बराबरको लत्ताकपडा तथा खुद्रा सामाग्री फेला परेको थापाले बताए । बरामद सामान सहितको ट्रक आवश्यक कारबाहीका लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार