Logo

१२असोज,बारा । बाराको नागौलका अति विपन्न धानुक र मुसहर जातिलाई २० वटा पक्कि घर र नगद १० हजार हस्तान्तरण गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.६ नगौलमा निःशुल्क आवासको व्यवस्थापन प्रभु शमशेर जबरा तथा राजि राना परोपकार निजि गुठीले गरेको हो ।

बर्खामा हावा पानी र हिउँदमा ठण्डीले पिरोलिएका धानुक र मुसहर जातीहरु घर पाएपछि निकै खुसी देखिएका थिए । नगौलमा २० जना दलितको लागि निर्माण गरिएको घर प्रभु शमशेर जबरा तथा राजि राना परोपकार निजि गुठिको अध्यक्ष राजि राना र मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले संयुक्त रुपमा दलित समुदायका २० जनालाई हस्तान्तरण गर्नुभएको हो ।

दलितहरूका लागि प्रभु शमशेर जबरा तथा राजि राना परोपकार निजि गुठीले ७ कठा १२ धुर जमिन किनेर प्रत्येक घर २२ देखि २५ लाखको लागतमा वडाको पहलमा सुविधा सम्पन्न पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कैमुदीन अन्सारीले बताउनुभयो ।

प्रभु शमशेर जबरा तथा राजि राना परोपकार निजि गुठिले मधेश प्रदेशमा अति बिपन्न रहेका दलितहरुको लागि अझै घर निर्माणको प्रक्रिया अगाडी बढाएको समेत जनाएको छ । प्रभु शमशेर जबरा तथा राजि राना परोपकार निजि गुठीले पहिला देखी नै नेपालको अति बिपन्न दलित समुदायको घर निर्माण देखि लिएर मठ मन्दिर निर्माण जस्ता सामाजिक कार्य गर्दै आईरहेको छ ।

 


सम्बन्धित समाचार