Logo

१२असोज,वीरगञ्ज । इन्ट्रेक्ट क्लब अफ गौतम स्कुलको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । इन्ट्रेक्ट क्लब अफ गौतम स्कुलको आयोजना तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नगवाको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो ।

“समयमै भर्ना समयमै ज्ञान गुणस्तरीय शिक्षा सबैको अभियान” शिर्षकमा निम्न माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा राष्ट्रिय माध्यमिक विद्यालय, नगवाका छात्राहरुले प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् । विद्यालयकी कक्षा आठमा अध्यनरत छात्रा सुस्मिता चौरासिया प्रथम, कक्षा दशकी सवनम खातुन द्वितीय र कक्षा नौ की पुष्पा कुमारी यादवले तेस्रो स्थान हासिल गरेकी हुन् ।

बिजेताहरुलाई मेडल तथा पुरस्कार प्रदान गरिएको इन्ट्रेक्ट क्लब अफ गौतम स्कुलको अध्यक्ष आलोक यादवले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नगवाका प्रधानाध्यापक नन्दकिशोर रामको अध्यक्षता र गौतम स्कुलको नेपाली विषय विभागकी प्रमुख ममता श्रेष्ठ तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नगवाको नेपाली विषय विभागकी प्रमुख गिता ठाकुर निर्णायकको भूमिका निर्वाह गर्नुभएको ठाकुरको भनाइ छ ।


सम्बन्धित समाचार