Logo

१३ असोज,वीरगञ्ज । पर्साबाट प्रहरीले प्रतिवन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्साको बहुदरमाई नगरपालिका–९ बिश्रामपुर टोलका लोटन राउत कुर्मी र देवलाल साह कलवार पक्राउ गरेको हो ।

बिन्दबासिनी गाउँपालिका वडा नं.५ प्रसौनीभट्टा गाउँमा प्रहरीले चेकजाँच गरेको थियो । सोही क्रममा साइकलमा आएका दुबैजनाको साथबाट चार किलो गाँजा बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका उनीहरु विरुद्ध लागुऔषध सम्बन्धित कसुर मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई अनुसन्धान भईरहेको प्रवक्ता थापाले बताउनुभयो ।


सम्बन्धित समाचार