Logo

फाइल तस्विर

१४ असाेज, वीरगञ्ज । तीन दिन अगाडि बीरगन्जको बाल सुधार गृहबाट फरार बाल कैदीबन्दीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । पर्सा प्रहरीको विशेष सर्च अप्रेसनको टोलीले करिब ४८ घण्पटा पछि भारतबाट पक्राउ गर्न सफल भएको हो ।

पर्सा प्रहरीका प्रवक्ता कुमारविक्रम थापाले एक जनालाई सर्लाही र अर्कोलाई सिरहाको सीमाबाट पक्राउ गरिएको दावी गरेपनि दुवै जनालाई भारतीय भूमिबाट पक्राउ गरिएको स्रोतले जनाएको छ।

पक्राउ परेका दुबैजनालाई वीरगञ्ज ल्याउन लागिएको पर्सा प्रहरी बताउँछ । शुक्रबार विहान सुधार गृहको छतबाट हाम फालेर भागेका थिए ।

खाली खुट्टा वीरगञ्जको मुख्य भन्सारको बाटो हुँदै ती बाल कैदीबन्दीहरु फरार भएको प्रहरी सिसिटिभि क्यामेरामा देखिएको थियो । यही सिसिटिभि क्यामेरामा देखिएपछि प्रहरी अनुसन्धान साँघुरो बन्दै गएको स्रोतले जनायो ।


सम्बन्धित समाचार