Logo

१६ असोज,काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर अर्काे शक्तिशाली भूकम्प गएको छ । आज मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट केन्द्रबिन्दु भएर ५ दशमलव ३ म्याग्निच्युटको भूकम्प गएको हो ।

त्यसपछि ३ बजेर ७ मिनेटमा बझाङको सदरमुकाम चैनपुर केन्द्रबिन्दु भएर ६ दशमलव ३ म्याग्निच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जानकारी दिनुभयो ।

भूकम्पको धक्का काठमाडौँसम्म महसुस गरिएको छ । क्षतिबारे थप विवरण आउन बाँकी छ ।

 

 


सम्बन्धित समाचार