Logo

फाइल तस्बिर

१६ असोज, वीरगञ्ज । बीरगन्ज बाल सुधार गृहबाट फरार बाल कैदीबन्दी प्रकरणमा अनुसन्धान गर्नका लागि पर्सा प्रहरीले छानविन समिति गठन गरेको छ ।

प्रहरी स्रोतका अनुसार प्रहरी नायब उपरिक्षक (डिएसपी) नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको हो ।

प्रहरी स्रोतका अनुसार डिएसपी ध्रुवबहादुर श्रेष्ठको नेतृत्वमा प्रहरी निरीक्षक रहनेगरी तीन सदस्यीय छानविन समिति गठन गरिएको हो ।

प्रहरी लापरबाहीले बाल कैदीबन्दीहरु फरार भएको आलोचना हुन थालेपछि पर्सा प्रहरीले सत्यतथ्य छानविनका लागि तीन सदस्यीय छानविन समिति गठन गरेको स्रोतको भनाइ छ । छानविन समितिलाई एक साताभित्र छानविन गरी प्रतिवेदन बुझाउन जिम्मा दिइएको छ ।

उनीहरुलाई निर्देशन छ– कसको लापरबाहीले बाल कैदीबन्दीहरु फरार भएको हो ? त्यसको सत्यतथ्य छानविन गरी चाँडै प्रतिवेदन बुझाउनु होला ।

यही शुक्रबार बीरगन्जको बाल सुधार गृहबाट हाम फाली २ जना बाल कैदीबन्दीहरु भारततर्फ फरार भएका थिए । जसलाई प्रहरीले करिब ४८ घण्टाभित्रैमा पुनः आफ्नो नियन्त्रणमा लिन सफल भयो ।


सम्बन्धित समाचार