Logo

१७ असोज,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले विलविजक भन्दा बढी सामान लोड रहेको ट्रक नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयाको जिम्मा लगाएको छ ।

वीरगञ्जबाट बाँकेतर्फ गईरहेको ना.६.ख ३३६९ नम्बरको मालवाहक ट्रकलाई प्रहरीले मंगलबार राती वीरगञ्ज महानगरपालिका वडा नम्बर–१५ ब्रहमचोक स्थित सडकखण्डबाट विलविजक भन्दा बढी सामान लोड गरेको नियन्त्रणमा लिएको थियो ।

चेकजाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको पाईएको र विल बिजक शंकास्पद देखिएकोले आवश्यक अनुसन्धान कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिनुभयो ।

बरामद गरिएको ट्रकमा हार्डवेयरतथा खुद्रा सामानहरू सहित अन्दाजी ७७ लाख ३६ हजार ५७ रुपैंया बराबरको सामान रहेको प्रवक्त थापाले बताउनुभयो । यस्तै भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु पनि बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले, सर्टिङको थान कपडा–१२४ मिटर, कुर्ता सुरवाल–४८ पिस, सलको थान कपडा–२४० मिटर, चामल–६ बोरा, चिनी–७७ के.जी., रेडबुल–८८, ग्याँस सिलिण्डर–३ थान, ग्याँस चुल्हा–२ पिस, केराउ–५० के.जी., कोटको चक्लेट–२६४ प्याकेट, प्याज–१८९ के.जी., हिरो स्पिड मिटर–४ पिस, पास्ता–५ के.जी., गोल्ड तेल–४५ लिटर, सुरवाल–६४ पिस गरी ३ लाख २३ हजार ३९५ रुपैंया बराबरको सामान बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।

बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।

 


सम्बन्धित समाचार