Logo

१७ असोज,जनकपुर । धर्मगुरु श्रीआयार्य महाराजलाई पक्राउ गरेको विरोधमा जनकपुरधामका साधुसन्तहरुले तत्काल रिहाई गर्नका लागि माग गरेका छन् ।बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै रामानन्दिय बैष्णव संघले धर्मगुरु श्रीआचार्यलाई रिहाई नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

संघका अध्यक्ष रामरोशन दास वैष्णवले सनातन धर्मगुरु श्रीआचार्यलाई रिहाई नगरेमा आजै दिउँसो जनकपुरधाममा र्याली निकालेर पक्राउ गरेको विरुद्धमा प्रहरी प्रशासन विरुघ आन्दोलन गर्ने जनाएका छन् ।
उनले श्रीआचार्यलाई यथासिघ्र बिना सर्त रिहा गर्न समेत माग गरे ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त समेत रहेका दासले गौ माताको हत्या विरुद्व आफुहरु आन्दोलित रहेको बेला गाई काट्ने विरुद्ध कडा अभिव्यक्ति दिएकै भरमा पक्राउ गर्नु निन्दनीय रहेको बताए ।
उनले श्रीआचार्यले गौहत्या गर्नेहरुलाई चर्को अभिव्यक्ति दिँदै खुकुरी मात्र देखाएपनि कसैको हत्या नगरेकाले तत्काल रिहा गर्न मांग गरे ।

श्रीआचार्यको रिहाइका लागि जनकपुरधाम स्थित रंगभुमि मैदान स्थित तुलसी स्मारक मन्दिरबाट विरोध र्याली निकालिने कार्यक्रम रहेको उनले बताए ।
असोज १२ गते गौहत्या विरुद्व विश्व हिन्दु परिषद्ले निकालेको विरोध र्याली कार्यक्रममा बोल्दै धर्मगुरु श्रीआचार्यले हातमा खुकुरी देखाउँदै गौ हत्या गर्ने विरुद्ध आपत्तिजनक टिप्पणी गरेका थिए ।

सोही टिप्पणी आधारमा उनलाई प्रहरीले पक्राउ गरेको छ ।भड्काउ भाषण दिएपछि धर्मगुरु श्रीआचार्यलाई मंगलवार साँझ प्रहरीले सुनसरीबाट पक्राउ गरेको थियो भने आज उनलाई म्याद थप गरी कारवाही अगाडी बढाउनका लागि जनकपुरधाम ल्याउने लागिएको प्रहरी स्रोतले जनाइएको छ ।


सम्बन्धित समाचार