Logo

१७ असोज, वीरगन्ज । शिलसहित बिक्री गरिएको पानीको बोतलमा माकुरा भेटिएपछि बाराको नेशनल पानी उद्योगमा प्रहरीले शिलबन्दी गरेको छ । प्रसौनी गाउँपालिका वडा नम्बर ३ स्थित नेशनल पानी उधोगले उपभोक्तालाई विक्री गर्न पठाएको प्रशोधित पानीको बोतलमा माकुरा भेटिएपछि उद्योगमा शिलबन्दी गरिएको हो ।

शिलरहित बोतलमा नै माकुरा भेटिएको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यको नेतृत्वमा सुरक्षा निकाय सहित टोलीले उद्योगमा अनुगमन गर्दै शीलबन्दी गरेको हो ।

टोलीले उद्योगको अनुगमन गरि अनुसन्धानका लागि आवश्यक कागजपत्र सहित उद्योगका संचालक बिजयकुमार यादवलाई समेत नियन्त्रणमा लिएको थियो । संचालक यादवलाई सामान्य सोधपुछ गरि छोडिएको छ ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १४ स्थित राहुल सेकुवा पसलमा विक्रिकोलागि राखिएको शिलरहित बोतलको पानीभित्र माकुरा भेटिएको स्थानियले गुनासो गरेका थिए ।

नेशनल पानी नाम रहेको पानीको बोतलभित्रको पानी दुषित र फोहोर रहेको गुनासो आएपछि परिक्षणको लागी केही नमुना संकलन गरि जनकपुरको ल्याबमा पठाइएको अचार्यले बताउनुभयो ।

प्रशोधित पानीको नाममा उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरेको र नेशनल पानीको लोगो आफुखुसी परिवर्तन गर्ने गरेको पाइएको उहाँले बताउनुभयो । अनुगमनको क्रममा नेशनल पानीको तिन वटा लोगो र प्रशोधित पानी भर्ने खालि बोतलहरु ब्यवस्थित नरहेको अचार्यले बताउनुभयो ।

बजारमा विक्रीका लागी राखिएको बोतलमा आज फेरी कमिला फेला परेको छ । बाराको कलैया भरतचोक स्थित रहेको एक पान पसलबाट कमिला भएको नेशनल पानी फेला परेको हो ।

तिर्खा मेटाउन पुगेका एक उपभोक्तालाई पसलेले पानीको बोतल दिईरहँदा शिल रहेकै बोतल भित्र कमिला देखिएको थियो । शिलरहित बोतलमा कमिला भेटिएपछि कम्पनीकै लापर्वाही हो भन्दै पसलले पत्रकारलाई जानकारी गराएका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले यस विषयमा अनुसन्धान भइरहेको भन्दै नेशनल पानी लेखेको बोतलको पानी अहिले उपभोक्ताले प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालयको तर्फबाट सबै नागरिकमा अपिल गरिएको बताउनु भयो ।


सम्बन्धित समाचार