Logo

१७ असोज,वीरगञ्ज । पर्सा प्रहरीले बिन्दवासिनीबाट ठूलो परिणाममा गहुँ नियन्त्रणमा लिएको छ । पर्सा प्रहरीलाई आएको विशेष सूचनाको आधारमा विन्दवासिनीबाट प्रहरीले साढे आठ हजार किलो गहुँ पक्राउ गरेको हो ।

भन्सार छली गर्दै बिन्दवासिनीबाट बीरगन्जतर्फ आइरहेको ना १ ख ९६४२ नम्बरको ट्रयाक्टरबाट गहुँ बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।
ट्रयाक्टर चालक भने प्रहरीलाई देख्नसाथ गाडी छाडी फरार भएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जनाए । पक्राउ परेको ट्रयाक्टर र गहुँ प्रहरी नियन्त्रणमा रहेको प्रवक्ता थापाको भनाइ छ ।

पक्राउ परेको गहुँ र ट्याक्टरबारे थप अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार