Logo

फाइल तस्बिर

१८ असोज,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा न ३ सिर्जन टोल गाउँ नजिक बाट ३ थान सालको गोलिया काठ बरामद भएको छ ।

सबैया साझेदारि बन क्षेत्र बाट तस्कर हरुले सालको रुख कटान गरि गोलिया बनाई साईकलमा ल्याउदै गर्दा सब डिबिजन बन कार्यालय बडनिहारको सुब्दार प्रदिप तिमल्सिनाको कमान्डमा खटेको बन गस्ती टोलिले ३ थान सालको गोलिया र ३ थान साईकल बरामद गरेको हो ।

तस्करहरु भने वन गस्ती टोलीलाई देख्नासाथ काठसहित साइकल छाडेर फरार भएको उहाँले बताउनुभयो । उनीहरुको खोजी कार्य भईरहेको सुब्दार तिमल्सिनाले बताए ।
चाड पर्व नजिकिँदै गर्दा पर्साको राष्ट्रिय बन बाट सालको काचो गोलिया तस्करी व्यापक रुपमा बिक्री भइरहेको छ ।


सम्बन्धित समाचार