Logo

१९ असोज,वीरगञ्ज । पर्सामा एउटा हत्याका घटना सेलाउँन नपाउँदै अर्को हत्याकाे घटना भएको छ । जगरनाथपुरको मसिहानीमा भएको महिला हत्याको किनारा नलाग्दै वीरगञ्जमा अर्को महिलाको हत्या भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयामा आज विहान एक महिलाको हत्या भएको घटना बाहिर आएको छ । धारिलो हतियारले प्रहार गरी छपकैयाँ १ की पुनम देबीको हत्या भएको पर्सा प्रहरी स्रोतले जनाएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा टाउँकोमा प्रहरी गरी हत्या गरिएको पाइएको छ । घटनास्थलमा मुचुल्का उठाउँन पुगेका प्रहरी टोलीमध्येका एकजनाले दिएको जानकारी अनुसार छपकैयाकी मृतक पुनमको टाउँकोमा ४/५ ठाउँमा गम्भीर चोट लागेको थियो । ती प्रहरीले भने,‘टाउँकोबाट धेरै रगत बगिरहेको थियो, तर उनी जिउँदै थिइन् । त्यसपछि उनको उपचारका लागि अस्पताल पुर्‍याइयो । मेडिकल कलेजमा उनको मृत्यु भयो ।’

स्रोतका अनुसार घटनास्थलमा प्रहरी जाँदा उनी अचेत अवस्थामा थिइन् । मृतक पुनम घरमा एक्लै बस्दै आएकी थिइन् । पुनम देवीको श्रीमान भारतको ग्वालियरमा छन् । उनको एक छोरा र एक छोरी छन् । छोरीको विहे भइसकेको छ भने छोरा पढाइको सिलसिलामा भारतकै दिल्लीमा छन् ।

आक्रमणमा परेकाे करिब ७ घण्टापछि मृत्यु

पुनम देवी माथि धारिलो हतियारले प्रहार गरेको करिब ७ घण्टापछि उनको मृत्यु भएको हुन सक्ने प्रहरी आंकलन छ । किनभने, घटनाबारे प्रहरीलाई विहान ४ बजे जानकारी आएको थियो । जिउतिया पर्वका लागि विहानै उनको घरमा बहिनी पुगेकी थिइन् । दिदीको घरमा वहिनी पुग्दा दिदीलाई आफ्नो बेडमा लडिरहेको अवस्थामा फेला पारिन । त्यसपछि उनी कराउन थालिन ।

उनको हल्लापछि नजिकै रहेका अन्य आफन्तहरु पनि घटनास्थलमा पुगे । त्यहीँ आफन्तहरुले भने प्रहरीलाई खबर गर्‍यो । प्रहरीलाई सूचना प्राप्त भएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले गरेको प्रारम्भिक अनुसन्धानमा पुनमको हत्या चिरपट वा धारिलो हतियार प्रहार गरी भएको निक्र्यौल निकाल्यो ।

त्यसपछि घटनास्थलको अनुसन्धान गरिरहेको प्रहरीले आंकलन गर्‍यो( पुनम देबी माथि रातको १ र २ बजेतिर धारिलो हतियार प्रहार भएको हुन सक्छ । कारण( घटनास्थलमा तत्कालै घटना नभएको प्रहरीले ‘क्राइम सीन’ को अध्ययन गर्‍यो । किनकी, मृतक देवी आफ्नो बेडमा अचेत अवस्थामा लडेकी थिइन् ।

किन कुकरबाट अनुसन्धान ?

पुनम देबीको हत्या रहस्मयी बनेको छ । उनी घरमा एक्लै बस्दै आएकी हुनाले अहिलेसम्म हत्याबारे प्रहरीलाई सुराक फेला पार्न नसकेको स्रोत बताउँछ । स्रोतका अनुसार कहाँ र कसरी अनुसन्धान गर्ने प्रहरी अन्योलमै छ ।

तर अनुसन्धानलाई तार्किक निष्कर्षमा पुर्‍याउँन प्रहरी लागिपरेको छ । त्यसकारण हत्या भएको केहीबेरमै प्रहरीले घटनास्थलमा अनुसन्धान गर्ने कुकुर ल्यायो ।
प्रहरीका यी कुकुर जसले हत्या गरेका व्यक्तिहरुलाई पहिचान खुलाउँनमा सघाउँ पुर्‍याउँछ ।

अर्थात् सुँघेर हत्यारासम्म पुर्‍याउँने काम गर्छ, जसका कारण अपराधी उम्किन सक्दैनन् । सुराक फेला नपरेपछि प्रहरीले हत्याका घटनामा अनुसन्धानतर्फ विशेषज्ञता प्राप्त कुकुरबाट अनुसन्धान चलाएपछि प्रहरी अनुसन्धान सफल हुने गरेको पर्सा प्रहरी बताउँछ ।

प्रहरीका अनुसार त्यसकारण यो घटनामा सुरुमै कुुकुर प्रयोग गरिएको हो, ताकी चाँडै नतिजा प्राप्त होस ।
१७ दिनको अन्तरालमा पर्सामा २ वटा महिला हत्याको घटना भएका छन् । यसअघि २ असोजमा जगरनाथपुरको मसिहानीमा कान्तिदेबी विनको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।


सम्बन्धित समाचार