Logo

२१ असोज,जनकपुर । मधेश प्रदेशको राजधानीमा मध्यरातमा आगो लाग्दा जनकपुर बिग मार्टमा व्यापक क्षती भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित रामानन्द चोकमा रहेको जनकपुर मार्टमा राति अन्दाजी ११ बजे अचानक आगो लागेको थियो । सो आगो आज बिहान नियन्त्रणमा आएको छ ।

जनकपुरधाम उपमहानगरपालिकालगायत र अन्य पालिकाहरुबाट ल्याइएको बारुणयन्त्र, प्रहरी र स्थानीयहरुले सहयोगमा आगलागी नियन्त्रणमा आएको हो ।आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आगलागीबाट सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ भने आगलागीबाट घरमा पनि क्षति पुगेको छ ।यता जनकपुर मार्ट प्रबन्धक रामबाबु रायले राति ११ बजे मार्टभित्र अचानक आगो कुरा थाहा भएपछि आफुहरु आगो नियन्त्रणका लागि भरमग्दुर प्रयास गर्दापनि व्यापक क्षती भएको बताए ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन समय लाग्ने धनुषा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार