Logo

२२ असोज,वीरगञ्ज । पर्साबाट प्रहरीले बिलबिजक भन्दा बढिको इलेक्ट्रोनिक्स तथा खुद्रा सामान लोड रहेको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं. १४  गण्डकस्थित सडकखण्डबाट ना ३ ख ४३१३ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बिलविजक भन्दा बढीका सामानहरु बोकेको ट्रक वीरगञ्जबाट धनुषातर्फ जाँदै गरेको सूचनाको आधारमा रोकेर चेकजाँच गरेको थियो ।

सोही क्रममा बिलबिजक शंकास्पद देखिएकोले उक्त ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जनाए ।

बरामद सामग्रीको मूल्यांकन २६ लाख १ हजार ८७६ रुपैँया कायम गरि आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार