Logo

२८ असोज,वीरगञ्ज । पर्सा प्रहरी भन्सार छलेको ठूलो परिमाणमा कम्प्यूटर र त्यसको पार्टस बरामद गरेको छ । प्रहरीले करिब ५१ लाख मुल्य बराबरको भन्सार छली ल्याएको कम्प्यूटर र त्यसको पार्टस बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरीले कम्प्युटर, ल्यापटप र कम्प्युटरका पार्ट्स पर्सा प्रहरीले बरामद गरेको छ ।

प्रहरीले ७० थान डेल मिनि सिपीयू, ३२ थान डेल मिनि सिपीयू विना सिस्टमको, डेल फुल सिस्टम ७६ थान, गोनिक्स हार्डडिक्स ८८ पिस, डेल मोनिटर ४२ थान, माउस ५ सय ५० पिस, मोनिटर वायर ३ सय १२ पिस, सिसिटिभि वायर १८ हजार मिटर, मदरबोर्ड २५ पिस, ग्रफिककार्ड ११ पिस, कुलिङ्ग फ्यान १९ पिस, ल्यापटप चार्जर १ सय ३१ पिस, च्याट केबल १ रोल, ड्रिल मेसिन १ थान, कम्प्युटर ब्याट्री २ सय पिस, डेल कोर १५, ल्यापटप ८ थान र बिग्रेको ल्यापटप १ थान बरामद गरेको पर्साका प्रहरी प्रवक्ता  कुमार बिक्रम थापाले जनाए ।

वीरगञ्ज महानगरपालिका–५ स्थित ए.डि कम्प्युटर सप्लार्यसका संचालकको घरमा छापामारी प्रहरीले उक्त परिमाणमा सामान बरामद गरेको हो । बरामद सामानहरु आवश्यक कारबाहीका लागि राजस्व कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार