Logo

२८ असोज,जनकपुर । बडादसैँँको अवसरमा प्रत्येक वर्ष झैँ यसपालि पनि जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा सस्ता बजार लागेको छ । जनकपुरधामको राम चोक स्थित गोपाल धर्मशालामा सस्तो बजार एक सातासम्मका लागि सुरु भएको हो ।

सस्ता बजारको उद्घाटन मधेश प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले गरेका छन् ।आर्थिक मन्दी रहेको बेला जनकपुरधाम असोज २८ गते देखि सुरु भएको हो भने यो घटस्थापना देखि महाअष्टमीसम्म दशैँको अवसरमा सस्तो बजार मेला गोपाल धर्मशालामा लाग्छ ।

दशैँ बजारमा भित्र तथा बाहिर गरेर १ सय १५ वटा स्टलहरु रहेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जनाएका छन् ।
उनले सस्तो बजारको रुपमा परिचित रहेको जनकपुरधामको दसैं मेलाबाट सर्वशुलभरुपमा यहाँका स्थानीय उपभोक्ताहरुले गुणस्तरीय सर्वशुलभ तथा सस्तोमा सुपथ विभिन्न सामग्रीहरु किनमेल गरिने बताउँछन् ।

उनले दसैँ, दिपावली तथा छठले मुलुकमा शान्ति, समृद्धि र अमन चयन काम हुने विश्वास पनि व्यक्त गरेका छन् ।यसपाली घरेलु उत्पादनका खाद्यान्नलगायतका सामग्रीहरुलाई प्राथमिकता दिई विक्रि वितरण गर्ने योजना रहेको छ ।

यस सस्तो बजारमा खाद्यान्न, दैनिक उपभोग्यका सामाग्रीहरु, साबुन, सर्फ, अगरबत्ति, प्लाष्टिकका भाडाकुडाहरु, लत्ता कपडाहरुलगायत अन्य किसिमका उपभोग्य सामाग्रीहरु व्यापार व्यसायका लागि राखिएको छ ।

दसैँ बजारलाई सस्तो बजार पनि भनिने भएकाले यसमा कतिपय उपभोक्ताहरुले दैनिक उपभोगका सामाग्रीहरु वर्ष भरिका लागि उपभोक्ताहरुले खरिद गरेर लाने गरेका छन् । मेलामा स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उत्पादन भएका सामानहरुको विक्रि कक्ष रहेको छ । यो बजार सात दिवसीय सम्म चल्ने छ ।


सम्बन्धित समाचार