Logo

२९ असोज,वीरगञ्ज ।आजदेखि नयाँ नेपाली रुपैयाँ साटन पाइने भएको छ। नेपालीहरुको महान पर्व बडादशैँ, तिहार र छठलाई लक्षित गरेर आजदेखि नयाँ नोट साट्न पाइने भएको हो।

जसका लागि नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा सर्बसाधारणलाई दिँदैछ। जसअनुसार नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकाभित्र राष्ट्र बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत् नयाँ नोट सटही गर्ने सुबिधा दिएको हो।

उता, काठमाडौं उपत्यका बाहिरको हकमा भने राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा बिभिन्न वाणिज्य बैंकका शाखा कार्यालयमा नयाँ नोट साट्न सकिने गरी ब्यबस्था मिलाएको छ।

राष्ट्र बैंकले हरेक वर्ष दशैं अगाबै चाडबाडको अवसरमा नयाँ नोट सटहीको सुविधा सर्बसाधारणलाई दिँदै आएको छ। यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बैकले जनाएको छ। प्रतिब्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको बव्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार सर्वसाधारणले असोज २९, ३० तथा कात्तिक १, २ र ३ गतेसम्म नयाँ नोट साट्न पाउनेछन् ।

 


सम्बन्धित समाचार