Logo

१ कात्तिक,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले लागुऔषध गाँजा सहित एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले २ किलो ५०० ग्राम गाँजासहित भारतीय एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको हो ।

सवारी चेक जाँचका क्रममा बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्समा साढे २ किलो गाँजा भेटिएपछि प्रहरीले एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । बरामद गाँजा, एम्बुलेन्स र चालकलाई प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको हो ।

महागढीमाई नगरपालिकाको गंजभवानीपुरबाट गाजा ओसारपसारमा संलग्न एम्बुलेन्सका चालक भारतीय नागरिक ३२ वर्षीय रामविश्वास पासवान र बीआर ०५ पिबि ५५२३ नं को भारतीय एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार