Logo

१० कात्तिक,जनकपुर । महोत्तरीमा एक युवाकको हत्या भएको छ ।घाँटीमा लगाउने सिक्रीको कारण विवाद भएपछि महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ स्थित हर्दिया बस्ने १९ वर्षिय बसन्त पासवानको हत्या भएको हो ।

दुई जना भारतीय युवकले बसन्तको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
शुक्रबार जलेश्वरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक गिरीले महोत्तरीको सहोडवास्थित दसैँको दुर्गा मेलामा सिक्रीको विषयमा विवाद भारतीय युवाहरुसँग उनको विवाद भएको थियो ।

विवादले उग्ररुप लिएपछि भारतको बिहार मधुबनी जिल्लाको जयनगर बस्ने १९ वर्षिय दीपक मलिक र मधुबनीको साहारघाट बसबरिया घर भएका १८ वर्षिय अमित मलिकले छुरा प्रहार गरी पासवानको हत्या गरेको उनले बताए ।
बसन्तको शव बिहीबार साँझ ४ बजे स्थानीय जगदीश साहको खेतमा फेला परेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक गिरीले बताएअनुसार मृतक पासवानलाई दुईजना मिलेर अमित मलिकले पछाडिबाट समातेर दीपक मलिकले पटक पटक घाँटी र छातीमा छुरा प्रहार गर्दै निर्ममतापूर्वक हत्या गरेको थियो ।
मृतक पासवनको हत्यामा प्रयोग गरिएको छुरा र उनले लगाएको लुगासमेत रक्तामम्य अवस्थामै महोत्तरी प्रहरीले बरामद गरेको छ ।

हत्याको आरोपमा उनीहरुलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।उनीहरु दसैँ मनाउन माामाघर आएका थिए ।पक्राउ परेका भारतीय युवाहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।


सम्बन्धित समाचार