Logo

१५ कार्तिक,जनकपुर ।जनकपुरधाम उपमहानगरपालिकाले ई–रिक्साको व्यवस्थापनका लागि बनाएको मस्यौदाप्रति नेपाल ई–रिक्सा मजदुर संगठन धनुषाले आपत्ति जनाएका छन् ।

बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल ई–रिक्सा मजदुर संगठन धनुषाका अध्यक्ष बिरेन्द्रकुमार महतोले गुपचुपरुपमा ल्याएको ई–रिक्सा व्यवस्थापन सम्बन्धी बनाएको मस्यौदा आफुहरुलाई अमान्य रहेको बताएका हुन् ।

जनकपुरधाम उपमहानगरपालिकाले आफुहरु ६ बुँदे माग पुरा नगरे शनिबारदेखि चरणवद्ध आन्दोलन गर्ने अध्यक्ष महतोले बताए ।

संगठनले जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत ई–रिक्साको दर्ता हुनुपर्ने, ई–रिक्सा चालकहरुलाई जनकपुरधाम उपमहानगरको र नेपाल ई–रिक्सा मजदुर संगठन धनुषाको सिफारिसमा चालक अनुमति पत्र उपलब्ध गराउनुपर्ने, जनकपुरधाम उपमहानगर भित्र प्रत्येक चोकमा ई–रिक्सा स्टैण्ड कायम हुनुपर्ने, ई– रिक्सा चालकहरुलाई सेफ्टी पोशाक र जुत्ता उपलब्ध गराउनुपर्ने, ई–रिक्सा चालकहरुलाई स्वास्थ्य जाँच तथा जिवन विमा उपलब्ध गराउनुपर्ने र विभिन्न संघसंस्थाका प्रतिनिधिमुलक छलफल गरी जनकपुरधाम उपमहानगरले दर रेट निर्धारण गर्नुपर्ने माग राखेका छन् ।

अध्यक्ष महतोले हाम्रो ६ बुँदे माग पुरा नभएमा कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।


सम्बन्धित समाचार