Logo

जनकपुर, कार्तिक १५। भन्सार छलेर ल्याइएको २५ लाखभन्दा बढी मूल्य बराबरको मालसमानसहित मिनी ट्रकलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार बर्दिबास नगरपालिका वडा नम्बर ३ स्थित कालापानी हुदैँ सिरहाको लहानबाट काठमाडौँ तर्फ जाँदै गरेको ना ८ ख ३१९७ नम्बरको मिनी ट्रकलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई प्राप्त भएको विषेश सुचनाको आधारमा मिनी ट्रकलाइ रोकेर चेकजाँच गर्ने क्रममा काजु १०० थान डिब्बा, जिरा ३ क्वीन्टल, चामल १८ बोरा, भुजा ४१ बोरा, च्यूरा ६ बोरा र २०० काटुन थान चकलेट गरी २५ लाख २७ हजार ३ सय रुपैयाँ बराबरको खाद्यान्न सामग्रीसहित ट्रक र चालक सिन्धुली गढी गाउँपालिका वडा नम्बर ६ बस्ने ३३ वर्षीय गंगा बहादुर दर्जीलाइ नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा लिएको खाद्यान्न सामग्रीहसतिको मिनी ट्रकलाई आवश्यक कारबाहीको लागि जलेश्वर भन्सार कार्यालय मलिवारामा बुझाइएको छ ।


सम्बन्धित समाचार