Logo

२१ कात्तिक,वीरगञ्ज । प्रहरीले बिलबिजक भन्दा बढी खुद्रा सामाग्री लोड रहेको एउटा ट्रक पर्साबाट नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट ना.३ ख ६९९ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

भन्सार छलीका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट सिराहातर्फ गईरहेको सूचनाको आधारमा वडा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले ट्रक नियन्त्रणमा लिएको थियो । आज दिउँसो १ बजे ट्रक रोकेर चेकजाँच गर्दा विल बिजक शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको पर्साका प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिनुभयो ।

ट्रकमा १७ लाख ५४ हजार २८७ रुपैयाँ बराबरको खुद्रा सामाग्रीहरू फेला परेको उहाँले बताउनुभयो । बरामद गरिएको सामानसहितको ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार