Logo

२४कात्तिक,वीरगञ्ज । नेकपा एमाले निकट जनबर्गीय संगठन नेपाल खेलकुद महासंघ पर्साले वीरगञ्जको नारायणी रंगशाला वेवास्ता गरेर सरकारले अन्य रंगशालालाई गौरवको आयोजना समावेश गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पर्सा शाखाका सचिव सन्दीप बस्नेतले शुक्रबार प्रेस बिज्ञप्ती जारी गर्दै बिहीबार सरकारले वीरगन्ज बाहेकका तीन वटा घोषणा गरेर यसपटक वीरगन्जको ऐतिहासिक नारायणी रङ्गशालासँग विभेद गरेको उल्लेख गरेका छन ।

सचिव बस्नेतले काठमाडौँको दशरथ रङ्गशालासँगै निर्माण भएको नारायणी रङ्गशाला अझै पुनःनिर्माणको लागि सरकारको पर्खाइमा रहेको पर्साबासीको अनुभुती गरेको बताएका छन ।

उनले मूलपानी क्रिकेट मैदान, भरतपुरको क्रिकेट रंगशाला र मोरङको विराटनगर रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेकोमा खुशी पनि भएको नेपाल खेलकुद महासंघ पर्साका सचिव बस्नेतले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

मधेस प्रदेशको पुरानो एवम् व्यवस्थित रङ्गशाला सङ्घीय सरकारको नजरमा पर्न नसकेकोमा दुख व्यक्त गरेका छन ।
नारायणीले देशकै दोस्रो ठूलो रङ्गशालाको दर्जा बोकेको भन्दै सङ्घीय संसदीय मार्फÞत पनि पटक–पटक यस विषयमा आवाज उठाउँदा समेत सरकारको यसमा ध्यान पनि दुःखद रहेको बताएका छन ।

त्यसकारण सरकारले वीरगञ्ज नारायणी रंगशाला गौरवको आयोजनामा समावेश गर्न हामी जोडदार रूपमा माग गरेका छन ।


सम्बन्धित समाचार