Logo

६ मंसिर,वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छलीका खुद्रा सामाग्री लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट ना.३ ख २७७ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

बिल विजक भन्दा बढी खुद्रा, लत्ता कपडा तथा औषधि लगायतका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट कास्कीतर्फ गइरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले ट्रक चेकजाँच गरेको थियो ।

जाँचकै क्रममा विल बिजक शंकास्पद देखिएपछि ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी कुमारबिक्रम थापाले जानकारी दिए । ट्रकमा ७९ लाख ५६ हजार बराबरको खुद्रा, लत्ता कपडा तथा औषधीजन्य सामाग्रीहरू फेला परेको उनले बताए ।

बरामद गरिएको सामान सहितको ट्रक आवश्यक कारबाहीका लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार