Logo

७ मंसिर,बारा । बाराको जीतपुरमा १२ औँ राष्ट्रिय कर दिवस सप्ताहब्यापी कार्यक्रमको समापन भएको छ । आन्तरिक राजश्व कार्यालय बारा ,सिमराको आयोजना र जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघको सहकार्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रमको उद्घाटन मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य चौधरीले सबै नागरिकले कर तिर्नुपर्ने बताउँनुभएको छ ।

तर कर तिर्ने बाताबरण राज्यले बनाउँनुपर्ने तर्क गर्नुभयो । बाराको पथलैयामा सड्कको परमिट चार्ज तिर्न सहज होस भन्ने हेतुले यातायात कार्यालयको एउटा शाखा खोल्ने बिषयमा छलफल भईरहेको जानकारी दिनुभयो ।

जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बारा ,सिमराका निमित्त प्रमुख रामेश्वर मिश्रा ,नगर उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष संजय कुमार साह लगायत करिब एक सयको सङ्ख्यामा ब्यपारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरीले गर्नुभएको थियो ।


सम्बन्धित समाचार