Logo

९ मंसिर,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले १६ लाख रुपैयाँ भन्दा बढी मुल्य बराबरको समानसहित एउटा ट्रक पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले जितपुर उपमहानगरपालिका वडा नम्बर २१ बाट पक्राउ गरेको हो ।

बारा प्रहरीले ना ७ ख ८१४५ नम्बरको ट्रकसहित १६ लाख ३७ हजार मुल्य बराबर समान पक्राउ गरेको जनाएको छ ।
प्रहरीको जाँचमा बिल बजक फरक पाइएकोले ट्रकमा लोड टिएमटि रड पक्राउ गरि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।

पक्राउ गरिएको ट्रकसहितको समानममाथि आवश्यक कानुनी अनुसन्धान सुरु गरिएको बारा प्रहरीको भनाइ छ ।


सम्बन्धित समाचार