Logo

९ मंसिर,पर्सागढी । पर्साको पर्सागढी नगरपालिका वडा नं. ३ मा रहेको जुनतारा महिला बचत तथा ऋण सहकारी सस्ंथाको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्धघाटन पर्सा क्षेत्र नं.२ (१) का प्रदेश सांसद श्याम पटेलले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रदेश सांसद पटेलले महिलाहरुले घरायसी कामबाट बाहिर निस्किएर सहकारी सञ्चालन गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रदेश सांसद पटेलले देश आर्थिक संकटमा गुज्रिरहेको अवस्थामा स्थानीय स्तरमा जुनतारा महिला सहकारीले जिल्लामै उत्कृष्ट कार्य गरेको बताउनुभयो । ग्रामीण भेगमा उक्त सहकारीले निकै राम्रो कार्य गर्दै आइरहेकाले आगामी दिनमा समेत थप सहकारीको विकासका लागि आफ्नो संसदीय कोषबाट सहयोग गर्न तयार रहेको उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

यसैगरि पर्सागढीका नगरप्रमुख गोकर्ण पाठकले जुनतारा महिला बचत सहकारी महिलाको विश्वासका कारण उत्कृष्ट रहेको र अहिले सहकारी र लघुबित्तहरुमाथी विभिन्न बहानामा आक्रमण भईरहेको उल्लेख गर्दै त्यस्ता तत्वबाट बचेर काम गर्न अनुरोध गर्नुभयो ।

पालिकाले सहकारीहरुको सस्थांगत बिकास र आय आर्जन जस्ता कार्यमा सहयोग गर्ने उहाँको भनाइ छ । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी सघंका सदस्य गिरीराज कडेँल, समाजसेवी अरुण प्रकाश रेग्मी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सस्थांले हालसम्म ५ करोड ६७ लाख ८३ हजारको आर्थिक कारोबार गरेको प्रतिवेदन सस्थांकी प्रबन्धक उर्मिला कार्कीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको स्वागत मन्तव्य समिती सदस्य हिरा अर्यालले र सहजीकरण टुका आचार्यले गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट बचत र ऋणि साथै सहकारी लाई सहयोग गर्ने सहयोगी हरुलाई मायाको चिनो प्रदान गरि सम्मानित गरिएको थियो ।


सम्बन्धित समाचार