Logo

११ मंसिर,वीरगञ्ज । केपी ओली कप टी–२० क्रिकेटमा मधेस प्रदेश विजयी भएको छ । आज बिहान पोखरामा भएको खेलमा मधेसले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको ५९ रनको सामान्य लक्ष्य मधेस प्रदेशले ४ ओभर ४ बलको खेलमा २ विकेट गुमाएर भेट्टायो । मधेस प्रदेशका लागि अनिल शाहले सर्वाधिक २५ रन बनाए भने इमरान शेखले १७ र पवन सरार्फले १४ रन जोडे ।

सुदूरपश्चिमका लागि गजेन्द्र बोहोराले २ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ५८ रन मात्रै बनाएको थियो । प्रतियोगितामा आजै मदन भण्डारी स्पोर्टस् एकेडेमी ब्लू र त्रिभुवन आर्मी क्लब खेल्ने छन् । यो खेल पोखरामै दिउँसो १ बजे हुनेछ ।


सम्बन्धित समाचार