Logo

१२ मंसिर,सेढवा । पर्साको जिराभवानी गाउँपालिकाबाट प्रहरीले प्रतिबन्धित भारतिय बोइलर कुखुरा बरामद गरि नष्ट पारेको छ ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीको नेतृत्वमा गएको गस्ती टोलीले उक्त कुखुराहरु बरामद गरि नष्ट पारेको हो ।

प्रहरीले जीराभवानी गाउँपालिका वडा नं. ३ परसवाबाट १३ वटा भारतिय बोइलर कुखुरा ४५ किलो नियन्त्रणमा लिएको थियो ।

बरामद कुखुरा ईलाका प्रहरी कार्यालयको प्राङ्गणमा स्थानीय जनप्रतिनिधि, भद्रभलादमी र संचारकर्मीको रोहबरमा नष्ट पारिएको प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार