Logo

१३ मंसिर,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले आज प्रतिबन्धित लागुऔषध गाँजा खेतीको फडानी गरेको छ ।

विशेष सूचनाको आधारमा बारा प्रहरीले सिम्रौनगढमा लगाइएको गाँजा खेतीको फडानी गरेको हो ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर २ र ७ को खजानीमा लगाइएको गाँजा खेती नष्ट गरेको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए ।पहिलो चरणमा विभिन्न २० ठाउँको लगाइएका १२ कठ्ठामा गाँजा खेती नष्ट गरिएको बारा प्रहरी कार्यालयले जनाएको छ ।

 

 


सम्बन्धित समाचार