Logo

१४ मंसिर,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले यो साता राजश्व संकलन केन्द्रीत काम मात्रै गरेको पाइएको छ । बारा प्रहरीको आधिकारीक साइटमा सार्वजनिक गरिने विवरणहरुमा खाली राजश्व संकलन लक्षित कार्य भइरहेको देखिन्छ ।

यो साताको कुरा गर्ने हो भने, हेरौ कुन दिन के बरामद गरेको छ बारा प्रहरी । जसको सुरुवात आजैबाट गरौं ।बारा प्रहरी आज ६० हजार मुल्य बराबरको भन्सार छलीको समान बरामद गरेको आफ्नो आधिकारिक साइटमा राखेको छ ।

जसमा भनिएको छ– ‘बाराको विश्रामपुर गाउँपालिकाबाट भन्सार छली ल्याउँदै गरेको समान बरामद भयो, बरामद समानमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ । जहाँ अवैध रेडिमेड कपडा १ बोरा,गहुँ ९ बोरा बरामद भएको उल्लेख छ ।’

त्यसैगरी हिजो (बुधबार) पनि भन्सार छलीको समान बरामद भएको आफ्नो साइटमा राखेको छ । जितपुरसिमराबाट करिब २३ लाख मुल्य बराबरको भन्सार छलीको समान बरामद गरेको बारा प्रहरीको साइटमा लेखिएको छ । ती ट्रकबाट दाल र चिनी बरामद भएको बारा प्रहरीले जनाएको छ ।

हिजोमात्र नभइ अस्ति (मंगलबार) पनि बारा प्रहरीले ५७ लाख मुल्य बराबरको अवैध समानहरु पक्राउ गरेको आफ्नो साइटमा राखेको छ । यो अवैध समानमा सूचीमा सल २३ पीस, सर्टको कपडा २२ मिटर, लेडिज कुर्ता २१ मिटर, चिनी ५० केजी, सर्फ ३ केजीसहितका समान पक्राउ गरेको जनाएको छ ।

त्यसैगरी मंगलबार मात्र होइन, सोमबार पनि बारा प्रहरीको साइट यही सूचनाले भरिएको छ । बारा प्रहरीले सोमबार १६ लाख मुल्य बराबरको ट्रकसहित समान पक्राउ गरेको उल्लेख गरेको छ ।

यहाँ पनि जीतपुर सिमरा उपमहानगरपालिकाबाट बारा प्रहरीले १६ लाख मुल्य बराबरको टिएमटी छड बरामद गरेको उल्लेख गरेको छ । यो ट्रक विल बिजक भन्दा फरक रहेको भन्दै पक्राउ गरेको आफ्नो साइटमा कारण खुलाएको छ ।

यसरी यो साताभर बारा प्रहरीले तस्करी तथा अवैध समान पक्राउ गरेको सूचना राखिरहेको छ । जुन राजश्व संकलन लक्षित काम हो, यसका लागि नेपाल सरकारले अन्य निकायलाई जिम्मेवारी दिइ खटाएको पनि छ ।

तर बारा प्रहरीले अन्य कार्यालयको अधिकार क्षेत्रका कार्यलाई आफ्नो पहिलो प्राथमिकतामा राखी काम गरिरहेको उसैको तथ्यांकबाट खुलिरहेको छ ।
यद्यपी, नेपालको प्रहरीको भने यो काम अथवा प्राथमकितामा पर्ने विषय होइन ।

नेपाल प्रहरीको नियमावली अनुसार उसको खास काम हो– ‘कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धान एवं कानुन कार्यान्वयनद्धारा समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा स्थापना गर्न प्रतिवद्ध, राष्ट्रप्रति समर्पित, स्वच्छ एवं व्यवसायिक प्रहरी ।’

तर बारा प्रहरीले यो खास कामलाई दोस्रो प्राथमिकतामा राखेर दोस्रो प्राथमकितामा रहेका राजश्वसंग सम्बन्धित कार्यलाई पहिलो प्राथमकिताको देखिन्छ ।
यहीकारण पनि बारामा पछिल्लो समय अपराधिक गतिवधिमा वृद्धि भइरहेको जानकारहरु बुझाइ छ ।

बारा प्रहरी प्रमुख सुरेश काफ्लेले यो विषय इन्कारी गरेका छन् । अपराधको रोकथामसंगै अन्य गतिविधिको पनि वाच भइरहेको जनाउँदै एसपी काफ्लेले त्यही नीति अनुरुप राजश्व संकलनतर्फ पनि प्रहरी लागि परेको जनाए ।


सम्बन्धित समाचार