Logo

१५ मंसिर,वीरगञ्ज । नक्कली प्रहरी बनेर रकम असुल गर्ने एक जनालाई पर्साबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बाराको आदर्शकोतवाल गाउँपालिका वडा नं. ८ लक्ष्मीटोल बस्ने ४५ वर्षीय गोबिन्द महतो कोइरीलाई नियन्त्रणमा लिएको हो ।

कोइरीले विगत ५/६ महिना देखि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्दै गरेका थिए । कोइरीमाथि वीरगञ्ज वडा नं.२३ हरपतगञ्जका व्यापारीहरुसँग महिनावारी रकम असुली गरेको आरोप लागेको छ ।

ब्यापारीहरुसँग महिनावारी रकम उठाईरहेको भन्ने सुचना पाएलगत्तै प्रहरी कार्यालय सिर्सियाबाट खटिएको प्रहरी टोलीले कोईरीलाई नियन्त्रण लिएको हो । उनलाई वीरगञ्ज २३ सुगौली विर्तास्थित केमिकल कम्पनी अगाडीबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमारबिक्रम थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका कोइरीमाथि थप अनुसन्धान तथा कारवाही भइरहेको पर्सा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार