Logo

२० मंसिर,वीरगञ्ज । महानगरीय प्रहरी अपराध महाशाखाले राजधानीको न्यूरोडको पसलमा छापा मारेर करिब ८ किलो पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले गएराती ‘ओमपाल गोल्ड शप’ छापामारी ७ किलो ८ सय ग्राम पक्राउ गरेको जनाएको छ ।

प्रहरीले सुनसहित ‘ओमपाल गोल्ड शप’ का सञ्चालक पदमप्रसाद पाण्डेलाई समेत पक्राउ गरिएको अपराध महाशाखा प्रमुख सोमेन्द्रसिंह राठौरले जनाए ।

प्रहरी स्रोतका अनुसार सुन पसलमा तस्करीको सुन गालेर गहना बनाएर बेच्ने गरेको थियो । यही सूचनाको आधारमा पसलमा पुगेको प्रहरी टोलीले छापा मारेर सुन बरामद गरेको जनाइएको छ । पसलबाट प्रहरीले केही सुन ढिक्कामा छन् भने केही गहना समेत प्रहरीले बरामद गरेको स्रोतको दाबी छ ।


सम्बन्धित समाचार