Logo

२० मंसिर,बारा । बारा प्रहरीले १६ कट्ठामा लगाईएको गाँजा खेती फँडानी गरेको छ ।

नेपाल सरकार द्वारा प्रतिबन्धीत गाँजा खेती प्रहरीले कारवाहीको सिलशिलामा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । निजगढ नगरपालिका वडा नं.१२ मा लगाईएकोे गाँजा खेती ईलाका प्रहरी कार्यालय निजगढले नष्ट गरेको हो ।

प्रहरी टोलीले १६ कट्टा खेतमा अवैध रूपमा लगाईएको २० हजार गाँजाको बोट नष्ट गरिएको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही गरिने उहाँले बताउँनुभयो ।


सम्बन्धित समाचार