Logo

पर्सा प्रहरीले भन्सार छलीका सामानसहितको ट्रक नियन्त्रणमा लिएको छ ।
फाइल फाेटाे

२१ मंसिर,वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छलीका सामानसहितको ट्रक नियन्त्रणमा लिएको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुर चोकस्थित सडकखण्डबाट ना.४ ख ७९१७ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

बिल विजक भन्दा बढी खुद्रा सामानहरू बोकेको मालवाहक ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको सूचना पाएलगत्तै प्रहरीले रोकेर चेकजाँच गरेको थियो । ट्रकमा लोड रहेका सामानको बिलबिजक शंकास्पद देखिएकाले नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमारबिक्रम थापाले जनाए ।

बरामद सामग्रीको मूल्यांकन ३१ लाख ६७ हजार ४२४ कायम गरि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार