Logo

२२मंसिर,काठमाडौं । त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेको भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिनुभयो ।

बिहीबार रातिको फ्लाइट दुबईको उडानबाट काठमाडौं आएका चन्द्र घलेलाई कपडामा बेरेर छातीको दायाँबायाँ लुकाएर ल्याएको बिस्कुट आकारका सात थान (१४ किलो) सुनसहित पक्राउ गरिएको थियो । उनीसँग सोधपुछ गर्दा सुन गोरखाका मीनबहादुरको रहेको बताएपछि घलेलाई पनि विमानस्थलबाट पक्राउ गरिएको भन्सार ‍प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

पक्राउ परेका दवै जनालाई थुनामा राख्न प्रहरी प्रभाग कोटेश्वर लगिएको छ । उनीहरूलाई आज विमानस्थल भन्सार कार्यालय गौचरमा उपस्थित गराएर थप अनुसन्धान गरिने भन्सार प्रमुख पाण्डेले बताउनु भयो ।


सम्बन्धित समाचार