Logo

२२ मंसिर, काठमाडौं । प्रहरीले काठमाडौंको नागढुंगाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको विशेष टोलीले नागढुंगा नाकामा चेकजाँचका क्रममा तीनजनालाई दुई किलो सुनसहित पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सोमेन्द्र राठौरका अनुसार रसुवाबाट काठमाडौं आइरहेको ०१–०२८ च२६९६ नम्बरको स्कोर्पियोबाट उक्त सुन बरामद भएको हो।

प्रहरीका अनुसार उक्त सुन केरुङ हुँदै रसुवागढी नाकाबाट भित्र्याएको खुलेको छ। उक्त सुनसहित रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, बिरु तामाङ र सुनिल भुजेल पक्राउ परेका छन्।

 


सम्बन्धित समाचार