Logo

२४ मंसिर, वीरगञ्ज । रुपेश स्वर्णकार हत्याप्रकरण बारे समाचार लेख्ने अनलाइन न्यूज पोर्टलविरुद्ध बारा प्रहरी उत्रेको पाइएको छ । हत्याप्रकरणसंग जोडेर प्रहरीविरुद्ध लगातार समाचार आउन थालेपछि बारा प्रहरी समाचार नियन्त्रण गर्न फेसबुकमा रिपोर्ट गर्दै ‘ब्लक’ गर्न लगाएको तथ्य खुलेको हो ।

शनिबार (हिजो) मात्रै बीरगञ्जबाट सञ्चालित रेसखबर अनलाइन न्यूज पोर्टलमा ‘न्याय माग्दै शैक्षिक संगठन सडकमा, अश्लिल भिडिओ सार्वजनिक गरिदिने बारा एसपीको धम्की, पीडित झनै चिन्तित’ भन्ने शीर्षकमा समाचार आएको थियो ।

यो समाचारमा अनलाइनमा प्रकाशन भएलगत्तै सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो । तर समाचार प्रकाशन भएको केही घण्टामै बारा प्रहरीले भने सबै सामाजिक सञ्जालहरुबाट स्वतहः हट्ने बनाइदियो । अर्थात् आफूसंग भएको सयन्त्र र अधिकारको गलत प्रयोग गरेर सामाजिक सञ्जालबाट स्वतः डिलेट हुने बनायो ।

प्रहरीले आफूसंग भएको संयन्त्रको गलत प्रयोग गरेलगत्तै सामाजिक सञ्जाल फेसबुक र अन्य ग्रुपहरुबाट त्यो समाचार हराउन थाले ।

प्रविधि क्षेत्रका विज्ञहरुका अनुसार प्रहरीले रिपोर्ट गरेपछि मात्रै सामाजिक सञ्जालबाट यस्ता सामग्रीहरु हटाउने गरिन्छ । नत्रभने सामाजिक सञ्जालबाट त्यतिकै समाचार भने हटाउदैन,’ विज्ञहरु बताउँछन् ।

समाचारको फ्लो, लाइक र शेयरको लागि गलत प्रक्रिया अपनाएर लेखिएको भनेर रिपोर्ट गरेपछि सामाजिक सञ्जालबाट सबै सामग्री हटाइएको बताइन्छ ।

बारा प्रहरीले स्वर्णकार हत्याप्रकरणमा गरेको लापरबाहीसहितका अन्य समाचार पस्किदै आइरहेको थियो । घटनासंग सम्बन्धित विषयहरुबारे सूक्ष्म ढंगले लगातर समाचार प्रकाशन गर्न थालेपछि सुरुमा बारा प्रहरीले अनौपचारिकरुपमा स्वर्णकारसंग सम्बन्धित समाचार नलेख्न आफ्नो विज्ञप्तिमार्फत चेतावनीपूर्ण आग्रह गरेको थियो ।

तर त्यसको बाबजुद पनि समाचार आइरहेपछि हिजोदेखि मात्र स्वर्णकारसंग सम्बन्धित समाचारहरु ब्लक हुन थालेका छन् ।

यो विषयबारे सोधिएको प्रश्नमा बारा प्रहरी प्रमुख सुरेश काफ्ले आफूले त्यस्तो केही नगरेको जनाए । उनले भने,‘हाम्रो कसैसंग रिसइवी छैन, सबैले आआफ्नो काम गर्ने हो । त्यसकारण कुनै अनलाइनविरुद्ध हामीले केही पनि गरेका छैनौं |

 


सम्बन्धित समाचार