Logo

२५ मंसिर,वीरगञ्ज । पर्सा प्रहरीले बिल बिजक भन्दा बढी लोड रहेको ८५ लाख रुपैयाँ भन्दा बढीको खुद्रा सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले बीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको सूचनाको आधारमा जाँच गर्दा गण्डक चोकबाट पक्राउ गरेको हो ।
प्रहरीले विल बिजक भन्दा बढी लोड रहेको सामानसहित ना ६ ख २६४८ नम्बरको ट्रक पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले बताए ।

उनका अनुसार पक्राउ गरिएको ट्रकबाट ८५ लाख ८९ हजार रुपैयाँ बराबरको खुद्रा सामान बरामद भएको छ ।
पक्राउ गरिएको खुद्रा सामानसहित ट्रकलाई थप अनुसन्धानको लागि राजश्व कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

 


सम्बन्धित समाचार