Logo

२५ मंसिर,बारा । पथलैया ट्राफिक प्रहरी कार्यालयले नेपाली सेनाका लागि आज ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको छ ।

नेपाल प्रहरी राजनमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैयाले आधाभारमा रहेको सबुज गण ब्यारेकका नेपाली सेनाका लागि ट्राफिक सचेतना कक्षा सञ्चालन गरिएको हो ।

सबुज गणका १ सय ३५ जनालाई ट्राफिकसंग सम्बन्धित विषयमा जानकारी गराइएको पथलैया ट्राफिक प्रहरी कार्यालयले जनायो ।

नेपाल प्रहरी राजनमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैयाका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफले सहितको ट्राफिक प्रहरीले नेपाली सेनालाई प्रोजेक्टरको माध्यमबाट ट्राफिकसंग सम्बन्धित विषयबारे जानकारी दिइएको थियो ।

कक्षामा ट्राफिक नियम, दुर्घटनाबाट बच्न केके गर्ने, कसरी ट्राफिक नियमको पालना गर्नेसहितका विषयमा जानकारी गराइएको नेपाल प्रहरी राजनमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैयाले जनाएको छ ।


सम्बन्धित समाचार