Logo

५ पुस,वीरगञ्ज । जीवनको ६५ वसन्त पार गरिसकेका रमेश कुमार भट्टराई मर्जर पछि बनेको प्रभु महालक्ष्मी लाईफमा प्रमुख कार्यकारि अधिकृत छन् । २०३८ सालमा बैंक अधिकृतबाट करिअर शुरु गरेका भट्टराईले विगत २८ वर्षदेखि विभिन्न फाईनान्स, बैंक र बीमामा सफलतापुर्बक कार्यकारी प्रमुखको जिम्मेवारि संभालिरहेका छन् । MBA&BL  गरेका भट्टराई आफुले ब्यवस्थापन हेरेको सबै कम्पनी २८ बर्ष नै नाफामा चलेको दाबि गर्छन् । उनी अहिले पनि उमेरले भन्दा काम गर्ने क्षमताको कारण युवा भन्दा कम नरहेको बिस्वास दिलाउछन् । उनै भट्टराईसँग देशको वर्तमान अवस्थादेखि र बीमा उद्योगसम्मका विषयमा केटिएम भ्वाईसका लागि रोयल आचार्यले गरेको छोटो छलफलको सम्पादित अंशः

देशको बर्तमान अवस्था कस्तो देख्नु हुन्छ ? मुलुक असफल राष्ट्र तिर अग्रसर हुँदै छ भन्ने भनिन्छ नि ?

मुलुको बर्तमान अवस्था एकदमै कहालिलाग्दो छ। श्रम गर्ने युवा जति खाडि मुलुकमा, प्लस टु गरेका भाबि कर्णधार जति अमेरिका अष्ट्रेलियामा र बिषेशज्ञ नेपाली जति बिकसित मुलुकमा पलायन भैसके र हुदैछन। बिदेशि पर्टकको आगमन, रेमिटान्स र बिदेशि मुद्राको संचितिमा वृद्धि बाहेक सबै आर्थिक सुचाकं नेगेटिभ छन। तराई पहाड रित्तिसके, बाझो खेत बढदै छ, उधोग ब्यवसाय ठप्प भैसके। लक्षित राजस्व नउठेर सरकारले कर्मचारिलाई तलब दिन नसक्ने अवस्था बनिसक्यो।यो भन्दा कहालिलाग्दो अवस्था के हुन सक्छ।तपाईं आफै सोच्नुस।

यस्तो प्रतिकुल अवस्थामा बीमाको अवस्था कस्तो छ नि ?
प्रतिकुल अवस्थाबाट बीमा ब्यवसाय अछुतो कसरी रहन सक्छ र ? समग्र बीमा उधोगको नया ब्ववसाय धटदै गईरहेको छ । पैसा आउने अन्य बाटो बन्द भए पछि पोलिसि कर्जा र सरेन्डर बढदै गईरहेको छ । सामान्य मानिसको प्राथमिकतामा अहिले बीमा परेको छैन । अण्डर राईटिगं प्रोफिट घटदै गईरहेकोले जीवन बीमाको अवस्था चिन्ताजनक हुदैछ।बीमा प्राधिकरणको नियम र ब्यवस्था पुर्ण पालना गर्ने हो भने कुनै जीवन बीमा कंपनिले मुनाफा देखाउन सक्ने अवस्था छैन।

यस्तो चिन्ताजनक अवस्थामा प्रभु महालक्ष्मी लाईफको अहिलेको अवस्था कस्तो छ नि ?
मुलुकमा अहिले उधोग ब्यवसाय ,बैकं बीमा तथा सहकारि र लघु बित्त कसैको अवस्था पनि राम्रो छैन।प्रभु महालक्ष्मी लाईफको अवस्था एकदमै राम्रो छ भनेर ठोकुवा गर्दिन।नया ब्यवसाय बढन सकेको छैन।तर सरेण्डर कम छ,नबिकरण बिमा शुल्क असुलि राम्रो छ,खर्चहरु घटेको छ,अन्य ईन्डिकेटरहरु संतोषजनक छ।परिमाणात्मक रुपमा ब्यवसाय कम छ तर ग्रोथ रेट घटेको छैन।त्यो नै राम्रो पक्ष हो भन्ने लाग्छ।

तर मर्जर पछि प्रभु महालक्ष्मी लाईफमा असन्तोष र बिबाद बढदै छ भन्ने सुनिन्छ नि, वास्तबिकता के हो ?

नेपालमा मात्र हैन संसार मै मर्जर कार्य एकदमै जटिल प्रकृया हो।पैसा खर्च गरेर प्रबिधि र ब्यवस्था एकीकृत गर्न सकिन्छ।तर फरक सोच र संस्कारबाट आएकालाई मिलाएर लैजान सारै गारो छ। अपनत्व लिएर इमानदारी पुर्बक काम गर्ने र जागिरे प्रबृतिका कर्मचारि बिचमा बिबाद त भै हाल्छ नि। फजुल खर्च रोकिदा र काम नगर्ने वा गर्न नचाहनेलाई कडाई गर्दा असंतोष र बिबाद त हुने नै भयो। काम गर्ने सबै खुसि छन,काम नगर्ने,बसेर खानेहरु गुटबन्दि गर्दै छन,नचाहिदो हल्ला गरेर काम गर्ने कर्मचारिको मनोबल बिगार्दै छन।तेति मात्र हो । यो सब धेरै दिन चल्दैन।हेर्दै जानुस, कंपनि बिगार्नेहरु नागिंदै जाने छन।प्रभु महालक्ष्मी लाईफलाई असफल पार्ने खेल वर्तमान ब्यवस्थापन र संचालक समिति कसैलाई पनि सह्य हुदैन । यो कुरा सबैले बुझ्नु जरुरि छ।

बिवादको चुरो कुरो चाहिँ के हो ?
मर्जर भएका सबै कंपनिमा धेरै थोरै बिबाद बिबाद त पक्कै पनि छ र हुनु स्वभाबिक पनि हो।हिजो सम्म एकलौटि रुपमा चलाईरहेको ठाउमा पावर र पोजिसन शेयर गर्नु पर्दा असंतोष त भै हाल्छ।अर्को तिर आवस्यकता भन्दा बढि कर्मचारि हुँदा चियो चर्चा, गुटबन्दि र डर्टि पोलिटिक्स त गरिहाल्छन नि।

बिबाद रहिरहनु कंपनिको हितमा हुदैन। यस्को समाधान चाहिँ के देख्नु भएको छ ?
मर्जर पछि प्रधान कार्यालय र क्षेत्रिय कार्यालयमा काम भन्दा केही संख्यामा कर्मचारि बढि हुदा यो बिबाद देखिएको चाहिँ पक्कै हो। कर्मचारि कटौति नै बिबादको समाधान हो।अब संचालक समितिले बिगतको परफरमेन्स हेर्ने,आर्थिक कारोबारको निस्पक्ष छानबिन गरेर नियतबस गलत गर्ने र कंपनिलाई नोक्सानि पुर्याउनेलाई कुनै सुबिधा नदिएर फोर्सफुल एक्जिट गर्ने कि आर्थिक सुबिधा दिएर ग्रेसफुल एक्जिट गर्ने ? त्यो संचालक समितिले समय छदै सोच्नु पर्ने काम हो।

मर्जर पछि मेडियामा प्रभु महालक्ष्मी लाईफ चर्चामा छ नि । वास्तबिकता के हो ?
फल लागेको रुख मै ढुगां हान्ने हो।उतार चढाव भएन भने जीवनको अर्थ रहदैन। बिगतमा कम्पनीका विविध विषयमा आएका केही समाचार हामी भित्रकै असन्तुष्ट र तेरोमेरो सोच भएका कर्मचारिबाट प्रायोजित रुपमा आएका समाचार हो । बीमा प्राधिकरणले भ्यालुएसन र वासलात स्वीकृत गरिसकेको अवस्था छ । मर्जर भैसके पछि पत्ता लागेको बिगतको केही अनियमितताबाट आत्तिएकाहरु आफुलाई सहि देखाउन अरुलाई बदनाम गर्दै छन।मेहनत गरेर काम गर्ने कर्मचारिको मनोबल खसाल्न कहिले तीन महिना पछि त कहिले साधारण सभा पछि छोडने छोडाउने अनर्गल प्रलाप गर्दैछन।यो सबै वाहियात कुराहरु हुन।।

साधारण सभाको कुरा गर्नु भो। साधारण सभा पछि एक थरि ब्यवस्थापन परिवर्तनको कुरो पनि गर्दैछन। कुरा चाहिँ के हो ?

देश अहिले आर्थिक संकटमा छ। सजिलो बेलामा कंपनि चलाए जसरि अहिले चलाउन संभव छैन।त्यसैले पनि अहिले बैकं बीमाबाट धेरै प्रमुखहरु आउट हुँदै छन। ईमान्दार ,संकटको बेला सक्षम नेतृत्व दिन सक्ने र भिजन भएको आटिलो ब्यक्तिले मात्र अब कंपनि चलाउन सक्छन। पाचँ अर्बको प्रभु महालक्ष्मी लाईफको संचालकहरुले पनि साधारण सभा पछि लगानिको सुरक्षा र उचित प्रतिफलको लागि काम गर्न सक्ने
सहि नेतृत्वलाई साथ दिने बिस्वास गर्न सकिन्छ। एस म्यान प्रबृतिलाई साथ दिएर लगानि डुबाउने गरि आफ्नो खुट्टामा आफै बन्चरो कसैले हान्दैन होला। तेसैले अहिले नै अन्यथा सोच्नु बेकार हो।

निकट भबिष्य मै साधारण सभा हुदैछ। संचालकको निर्वाचन पनि छ होला।कस्तो संरचनाको आशा गर्नु भएको छ?
मर्ज भएका दुबै कंपनिको शेयर धनिहरुको सहमतिमा समय दिन सक्ने ब्यवसायिक सोच भएको संचालक समिति बनोस भन्ने हाम्रो चाहना छ।ब्यवसाय गर्ने संस्थामा बिबाद नहोस,निर्बिरोध निर्वाचन सम्पन्न होस।संचालक समितिको निर्देशनमा कंपनिले सहजिकरण गर्ने हो,हामी कर्मचारि निर्वाचनमा लाग्न मिल्दैन र लाग्नु पनि हुदैन भन्ने मेरो मान्यता रहेको छ।

मर्जर सहमतिमा एफपिओको ब्यवस्था हुदा हुँदै १७% हकप्रदको घोषणा गर्नु भयो। कुरा अलि मिलेन जस्तो लाग्यो नि ?
मर्जर सहमतिमा एफपिओबाट पाचँ अर्ब पुजिं पुर्याउन भएको निर्णय दुबैको साधारण सभाबाट पास भएको पक्कै हो। तर मर्ज भैसके पछि हाम्रो संचालक समितिले पारित गरेको निर्णय कार्यान्वयन गराउने दायित्व पनि हाम्रै हो नि। तेहि कर्तब्य पूरा गरेका हौ।तर पनि लामो समय देखि काम गरिरहेका कर्मचारिहरुको शेयर पाउने अधिकार र सुबिधाको संरक्षण गर्ने गरि गरिएमा धेरै राम्रो हुने थियो भन्ने लाग्छ।

साविकका दुबै कम्पनी मर्ज हुदाँ आपसि सहमतिमा तपाईलाई चार बर्षको लागि कार्यकारि प्रमुखमा नियुक्त गरिएको छ।लगानिकर्ता र बिमितलाई आश्वस्त पार्न तपाईको आगामि योजना के छ ?

मर्जर पछि काम गर्ने दुबै कंपनिका कर्मचारिको सोच र संस्कारलाई एकीकृत गरेर सिनर्जि ल्याउनु पहिलो प्राथमिकता हुनेछ।संस्थागत सुशासनलाई बलियो बनाउदै गुणस्तरिय बिमा ब्यवसाय गर्नु दोश्रो काम हुनेछ।जनचाहना अनुसार नया पोलिसि ल्याई ब्यवसाय वृद्धि गर्नु तथा ०७९÷८० को एकीकृत कारोबार बाट जति सक्दो बढि लाभाशं दिने कार्यक्रम बनाईएको छ।साथै बीमा प्राधिकरणको स्विकृतिमा संस्थापक शेयरको केही भाग सर्बसाधारणमा परिणत गरि लगानिकर्तालाई थप फाईदा दिने योजना पनि बनाएका छौ।

अन्तमा,६६ बर्ष लाग्नु भयो।अझै कति बर्ष कार्यकारी प्रमुख भएर कंपनि हाक्ने रहर छ ?
ईक्षा शक्ति बलियो छ र काम गर्ने क्षमता पनि छ भने उमेरको नम्बरले कुनै माने राख्दैन।साबिक महालक्ष्मी र प्रभु लाईफका लगानिकर्ताले म माथि ठूलो बिस्वास गरेका छन।त्यसैले चार बर्षे कार्यकालमा कंपनिलाई बलियो बनाई लगानिकर्तालाई लगानि रकम बराबर फिर्ता हुने वातावरण बनाउने र तेस पछि बिदा हुने सोच बनाएको छु।

 


सम्बन्धित समाचार