Logo

५ पुस,वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले १ सय ४८ बोरा प्याज नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीको अलौंबाट खटिएको टोलीले ट्रकसहित करिब १३ लाख मूल्य बराबरको प्याज पक्राउ गरेको जनाएको हो ।

सशस्त्र प्रहरी निरीक्षक प्रदीप थापाको कमाण्डमा खटिएको टोलीले शंकास्पद सवारीसाधनको जाँच गर्ने क्रममा मिनी ट्रकबाट करिब ७ क्विन्टल प्याज बरामद गरेको हो ।

सशस्त्र प्रहरीको टोलीले अलौंबाट से १ क ८४० नम्बरको मिनी ट्रकसहित भन्सार छलीको प्याज बरामद गरेको जनाएको छ ।
बरामद गरिएको मिनी ट्रक, प्याज र चालकसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले बतायो ।


सम्बन्धित समाचार